Posts

Showing posts from January, 2026

रास्वपा: राजनीतिक विचार र सैद्धान्तिक अवधारणा अस्पष्ट, एजेन्डा नभएको : साह

Image
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विचार, सिद्धान्त र दीर्घकालीन राजनीतिक दृष्टिकोणविहीन दलका रूपमा सामाजिक सञ्जालको लोकप्रियतामा आधारित राजनीति गरिरहेको नेकपा केन्द्रीय सदस्य निरंजन कुमार साहले बताएका छन्। संघीय खबरसँगको विस्तृत अन्तरवार्तामा साहले रास्वपाको उदयलाई “संस्थागत राजनीतिक अभ्यासभन्दा बढी सामाजिक सञ्जालको हावामा चलेको प्रवृत्ति” का रूपमा व्याख्या गरेका हुन्। उनका अनुसार राजनीतिक दलले स्पष्ट वैचारिक आधार, कार्यक्रम र नीतिगत दिशा नबनाई केवल जनभावना र ट्रेन्डको भरमा राजनीति गर्नु दीर्घकालीन रूपमा लोकतन्त्रका लागि जोखिमपूर्ण हुन्छ। “राजनीति कुनै क्षणिक लोकप्रियता होइन, यो सिद्धान्त, विचार र कार्यक्रमबाट निर्देशित हुनुपर्छ,” साहले भने, “रास्वपामा त्यो स्पष्टता देखिँदैन, जसका कारण नीति निर्माणभन्दा बढी प्रतिक्रिया–केन्द्रित राजनीति हावी भएको छ।” साहले सामाजिक सञ्जाल लोकतान्त्रिक अभिव्यक्तिको माध्यम भए पनि त्यसैलाई राजनीतिक निर्णयको आधार बनाउनु गम्भीर समस्या भएको बताए। उनका अनुसार सामाजिक सञ्जालमा चल्ने बहस प्रायः भावनात्मक हुने भएकाले त्यसले राज्य सञ्चालनजस्तो संवेदनश...

रास्वपा–नेकपा मतभेद व्यक्तित्व होइन, गहिरो विचारधारात्मक र संरचनात्मक : साह

Image
  काठमाडौं । रबि लामिछाने र बालेन साह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच देखिएको राजनीतिक मतभेदबारे संघीयखबरले नेकपा केन्द्रीय सदस्य निरंजन कुमार साहसँग विस्तृत अन्तरवार्ता गरेको छ। अन्तरवार्तामा साहले रास्वपा र नेकपाबीचको मतभेद व्यक्तित्व वा शैलीको मात्र नभई विचारधारात्मक र संरचनात्मक रहेको बताएका छन्। उनका अनुसार नेकपा वर्गीय राजनीति, सामाजिक न्याय, संघीयता, पहिचान र राज्य पुनर्संरचनाको एजेन्डामा स्पष्ट भए पनि रास्वपा व्यक्तिकेन्द्रित र प्रशासनिक सुधारमुखी राजनीतिमा सीमित देखिन्छ। साहले रास्वपाको लोकप्रियता तत्कालीन जनआक्रोश र पुराना दलप्रतिको असन्तुष्टिको परिणाम भएको उल्लेख गर्दै दीर्घकालीन राजनीति नीति, विचार र संगठनबिनाको हुन नसक्ने धारणा राखे। “व्यक्तिगत लोकप्रियताले चुनाव जित्न सकिएला, तर समाज रूपान्तरणका लागि स्पष्ट वैचारिक आधार आवश्यक हुन्छ,” उनले भने। भ्रष्टाचारविरुद्धको मुद्दालाई साझा एजेन्डा मानिए पनि त्यसमा सहकार्य तत्काल सम्भव नभएको साहको भनाइ छ। भ्रष्टाचारलाई केवल व्यक्तिको कमजोरीका रूपमा बुझ्नु गलत भएको र यसको जड रा...

जसपा नेपाल उपाध्यक्ष विद्युत् बज्राचार्य नेतृत्वको टोली नेकपामा प्रवेश

Image
 🕛 २०८२ माघ ३, ५:४०:४२ काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य नेतृत्वको टोलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा स्वागत गरिएको छ। नेकपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बज्राचार्यसहित विभिन्न तहका नेता तथा कार्यकर्ताहरू औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्। कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहसंयोजक माधवकुमार नेपाल शीर्ष नेता राजेन्द्र प्रसाद श्रेष्ठ नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई खादा र माला लगाएर स्वागत गर्दै पार्टीको नीति, विचार र कार्यक्रमअनुसार अघि बढ्न आग्रह गरेका थिए। उनीहरूले वैचारिक स्पष्टता, संगठन सुदृढीकरण र जनमुखी राजनीतिको आवश्यकतामा जोड दिएका थिए। नवप्रवेशी नेता विद्युत् बज्राचार्यले पार्टी प्रवेशपछि दिएको संक्षिप्त मन्तव्यमा सामाजिक न्याय, सुशासन र राष्ट्रिय हितका विषयमा नेकपाको राजनीतिक धारणा आफूहरूको सोचसँग मेल खाने भएकाले पार्टी प्रवेशको निर्णय गरिएको बताए। उनले प्रगतिशील शक्तिहरूबीच एकता आवश्यक रहेको पनि उल्लेख गरे। कार्यक्रममा नेकपाका नेताहरूले पछिल्लो समय विभिन्न राजनीतिक धाराबाट वि...

“यो चुनाव सरकार बदल्ने होइन, व्यवस्था सुधार्ने हो” :नेकपा केन्द्रीय सदस्य साह

Image
काठमाडौं।आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लिएर देशको राजनीति नयाँ मोडमा प्रवेश गरेको छ। पुराना दलप्रति जनआक्रोश बढिरहेको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) वैकल्पिक शक्तिका रूपमा अघि बढिरहेको दाबी गर्दै आएको छ। यही सन्दर्भमा संघीयखबरले नेकपा केन्द्रीय सदस्य निरंजन कुमार साहसँग निर्वाचन, विकास, सुशासन, सामाजिक न्याय र नेकपाको आगामी कार्यदिशाबारे विस्तृत कुराकानी गरेको छ। संघीय खबर: आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई नेकपाले कसरी मूल्याङ्कन गरेको छ? निरंजन कुमार साह: यो निर्वाचन साधारण राजनीतिक प्रतिस्पर्धा होइन, जनताको पक्षमा राज्य पुनःसंरचना गर्ने अवसर हो। विगतका सरकारहरूले जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउन सकेनन्। बेरोजगारी, महँगी, भ्रष्टाचार र अन्याय अझै गहिरिँदै गएको छ। त्यसैले यो चुनाव व्यवस्था सुधारको जनमत सङ्ग्रहजस्तै हो। संघीय खबर: जनतामा देखिएको असन्तुष्टिको मुख्य कारण के हो? साह: नीति र व्यवहारबीचको विरोधाभास नै असन्तुष्टिको मूल कारण हो। ठूला दलहरूले विकासको नारा दिए, तर विकास सीमित वर्गमा सीमित भयो। संघीयता कार्यान्वयन कमजोर बनाइयो, सामाजिक न्यायलाई उपेक्षा...

जसपा नेपालका उपाध्यक्ष र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित

Image
 🕛२०८२ पौष २८,६:११:३४ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजित भएको छ। साथै, मनिस हेल्लोकको नेतृत्वमा रहेको लिम्बुवान क्रान्तिकारी पार्टी पनि नेकपामा समाहित भएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपा नेपालबाट आएका नेता–कार्यकर्तासँग पाँच बुँदे सहमति तथा लिम्बुवान क्रान्तिकारी पार्टीसँग दुई बुँदे सहमति गर्दै पार्टी प्रवेश गराएका हुन्। सहमतिमा संघीयता, पहिचान, समावेशिता, सुशासन र समाजवाद उन्मुख राजनीतिक धारालाई सशक्त बनाउने विषयहरू समेटिएको जनाइएको छ। पार्टी प्रवेश कार्यक्रमका क्रममा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, राजेन्द्र प्रसाद श्रेष्ठ,भीम रावल लगायत शीर्ष नेताहरूले नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरे। उनीहरूले राजनीतिक एकता र वामपन्थी शक्तिहरूको ध्रुवीकरण आजको आवश्यकता भएको भन्दै साझा उद्देश्यका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै जसपा नेपालका उपाध्यक्ष शिवलाल थापामगरले विच...

जसपा नेपालभित्र भुँइचालो, उपत्यकामा नेकपाको जनलहर ।

Image
  🕛२०८२पौष२८, ११:०९:२३ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र तीव्र आन्तरिक ध्रुवीकरण देखिन थालेको छ भने काठमाडौं उपत्यकामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रति जनआकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। जसपाका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा जसपा र नेपाली कम्युनिष्ट पार्टीबीच एकीकरण भएपछि त्यसको प्रभाव पार्टीभित्र र बाहिर दुवैतर्फ देखिन थालेको हो। श्रेष्ठको नेतृत्वमा भएको एकीकरणलाई सकारात्मक रूपमा लिँदै जसपा नेपालभित्र रहेका नेता–कार्यकर्ताहरूमा पनि नयाँ राजनीतिक ध्रुवीकरणको पक्षमा जनमत विस्तार हुँदै गएको बताइन्छ। यही क्रममै जसपा नेपालका उपाध्यक्ष शिवलाल थापाको नेतृत्वमा रहेको ठूलो समूह आज अपरान्ह ३ बजे काठमाडौंको पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीसँग एकता घोषणा गर्ने तयारीमा छ। राजनीतिक वृत्तमा यस घटनालाई जसपा नेपालभित्रको ‘भुँइचालो’का रूपमा व्याख्या गरिएको छ। एकपछि अर्को प्रभावशाली नेता तथा संगठित समूह नेकपातर्फ आकर्षित हुन थालेपछि मधेश केन्द्रित दलहरूमा आन्तरिक संरचना र भावी राजनीतिक दिशामा गम्भीर असर पर्ने आँकलन गरिएको छ। अर्कोतर्फ, काठमा...