पाँचौं विश्व नेवा: सम्मेलन–२०२५ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भए पूर्व मन्त्री श्रेष्ठ
🕓२०८२ भाद्र ५ विहिबार,७:२७:४३ काठमाडौं।संयुक्त अरब इमिरेट्सको दुबईमा यही १५ देखि १७ अगष्ट २०२५ सम्म भएको 5th World Newah Convention-2025 मा नेपालबाट पूर्व मन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष श्री राजेन्द्र प्रसाद श्रेष्ठ र राजदूतावासका तर्फबाट महामहिम राजदूत श्री तेजबहादुर क्षेत्रीले भाग लिनु भएको थियो। यो सम्मेलन नेपाल र नेपालीका लागि एक महत्वपूर्ण विश्व सम्मेलनका रुपमा स्थापित भएको छ। करिब २०० भन्दा बढी प्रतिनिधिहरु सहभागी भएको उक्त सम्मेलनमा अमेरिका, बेलायत, भारत, युएई, बेल्जियम, फ्रान्स, जर्मनी, जर्जिया र पोल्याण्ड लगायतका देशहरुबाट नेवारी समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। यस अघिका नेवा विश्व सम्मेलनहरु संयुक्त अधिराज्य, अमेरिका र नेपालमा आयोजना भएका थिए। पूर्व मन्त्री श्री श्रेष्ठले हिजो (२०८२ भाद्र ०३ गते) नेपाली राजदूतावास, अबुधाबीको भ्रमण गरी महामहिम राजदूत लगायत कूटनीतिक कर्मचारीहरुसँग भेटघाट तथा छलफल गर्नुभयो। भेटघाटमा महामहिम राजदूतले दूतावासका गतिविधि तथा श्रमिकहरुका जल्दवल्दा समस्या र समाधानका उपायहरुका बारेमा पूर्व मन्त्रीलाई जानकारी गराउन...