Posts

Showing posts from June, 2026

संघीयता दलहरूको घोषणापत्रबाट आएको होइन, जनसंघर्षको उपलब्धि हो' : नेकपा के.स. साह

Image
  काठमाडौँ । नेकपा केन्द्रीय सदस्य निरञ्जन कुमार साहले संघीयता नेपालको दशकौँ लामो राजनीतिक संघर्ष, बलिदान र राष्ट्रिय सहमतिबाट स्थापित व्यवस्था भएको भन्दै यसलाई सामान्य प्रशासनिक संरचनाका रूपमा मात्र हेर्न नहुने बताएका छन्। साहले २०४६ सालपछि पनि राज्य संरचना केन्द्रिकृत नै रहेको उल्लेख गर्दै मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिमलगायत समुदायले राज्यबाट समुचित प्रतिनिधित्व नपाएको अनुभूति गरेका कारण संघीयताको आवश्यकता देखिएको बताए। जसका अनुसार दश वर्षे महान जनयुद्ध, २०६२/६३ को जनआन्दोलन र त्यसपछि भएका मधेश तथा अन्य पहिचान-आधारित आन्दोलनहरूले राज्य पुनर्संरचनाको आधार तयार पारेका थिए। मधेश आन्दोलनको भूमिकालाई “संघीयताको आधारशीला” भन्दै उनले सो आन्दोलनका क्रममा भएको जनधनको क्षतिले राज्य संरचना परिवर्तनको मागलाई थप बल दिएको टिप्पणी गरे। प्रदेश खारेजीसम्बन्धी हालै उठिरहेका राजनीतिक एजेन्डाबारे प्रतिक्रिया दिँदै साहले तत्काल संविधान संशोधनमार्फत प्रदेश हटाउने अवस्था नरहेको स्पष्ट पारे। उनका अनुसार कुनै पनि दलसँग दुईतिहाइ बहुमत नहुँदा यस्तो प्रस्ताव कार्यान्वयन सम्भव छैन, यद्यपि यसले रा...

रास्वपामा सङ्घीयताबारे दुई घण्टी ! राजेन्द्र प्रसाद श्रेष्ठ

Image
  काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न महाधिवेशनबाट पारित दुई फरक प्रस्तावबीच वैचारिक तथा नीतिगत विरोधाभास देखिएको भन्दै संघीय समाजवादका प्रणेता तथा नेकपा संयोजन समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले टिप्पणी गरेका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रास्वपाले महाधिवेशनमा पारित गरेको ‘राजनीतिक प्रस्ताव’ र ‘अर्थ–राजनीतिक प्रस्ताव’ एक–आपसमा बाझिएको बताएका हुन्। उनका अनुसार राजनीतिक प्रस्तावले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, विज्ञहरूको मन्त्रिपरिषद् तथा प्रदेशको पुनर्संरचना सहित सामाजिक लोकतन्त्रको अवधारणालाई अघि सारेको छ। साथै, समाजवादी अन्तर्राष्ट्रियले अंगालेको मध्य वामपन्थी (Center-Left) धारतर्फ पार्टी अग्रसर हुने संकेत गरेको उनले उल्लेख गरेका छन्। तर, त्यही महाधिवेशनबाट पारित ‘अर्थ- राजनीतिकप्रस्ताव’ले सामाजिक न्यायसहितको उदार अर्थ-तन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक शक्तिको रूपमा पार्टीलाई परिभाषित गर्नुका साथै प्रदेश सभा खारेज गर्ने प्रस्ताव पारित गरेको भन्दै श्रेष्ठले यसलाई संघीय शासन प्रणाली...

रास्वपाले अतिथिलाई घण्टी बजाउन लगाउनु अपरिपक्वता र अशिष्टताको पराकाष्ठा : श्रेष्ठ

Image
  काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजन समिति  सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरेर पार्टीको चुनाव चिह्न ‘घण्टी’ बजाउन लगाइएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त कार्यलाई राजनीतिक संस्कार, शिष्टाचार र परिपक्वतासँग मेल नखाने व्यवहारको संज्ञा दिएका छन्। श्रेष्ठले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गर्दै कुनै पनि राजनीतिक दलको महाधिवेशन सम्बन्धित दलका लागि महत्त्वपूर्ण वैचारिक, संगठनात्मक तथा नीतिगत कार्यक्रम हुने उल्लेख गरेका छन्। यस्तो कार्यक्रममा सहभागी हुने अन्य दलका नेताहरूलाई सम्मानित अतिथिका रूपमा व्यवहार गरिनुपर्ने भए पनि उनीहरूलाई आयोजक दलको चुनाव चिह्नसँग जोडिएको प्रतीकात्मक गतिविधिमा सहभागी गराउनु उचित नभएको उनको तर्क छ। उनका अनुसार बहुदलीय लोकतान्त्रिक व्यवस्थामा दलहरूबीच वैचारिक प्रतिस्पर्धा र राजनीतिक मतभिन्नता स्वाभाविक भए पनि एकअर्काप्रति सम्मान र मर्यादा कायम राख्नु आवश्यक हुन्छ। अतिथि बनेर पुगेका नेताहरूलाई सम्बन्धित दलको चुनाव चिह्न बजा...