Posts

Showing posts from December, 2025

समयको माग बुझ्न नसक्दा अशोक राई राजनीतिक रूपमा एक्लिँदै

Image
  १५ पौष,🕛११:१२:३२ काठमाडौं ।कुनै पनि राजनीतिक नेतृत्वले समय, परिस्थिति र जनभावनालाई बुझेर निर्णय गर्न सक्नुपर्दछ। यही सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) का तत्कालीन संघीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संघीयता, सुशासन, पहिचान र अधिकार, प्रत्यक्ष निर्वाचित कार्यकारी तथा पूर्ण समानुपातिक संसद् जस्ता मुद्दामा नेपाली कांग्रेस र नेकपा (एमाले) भन्दा प्रगतिशील एजेन्डा बोकेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा ध्रुवीकरण हुनुपर्ने निष्कर्षसहित एकीकरणको बाटो रोजे। राजनीतिक विश्लेषकहरूका अनुसार राजेन्द्र श्रेष्ठको यो निर्णय वैचारिक स्पष्टता र समयसापेक्ष राजनीतिक दृष्टिकोणबाट प्रेरित थियो। तर, सोही समय जसपाका अध्यक्ष अशोक राईको निर्णय भने त्यसको ठीक उल्टो देखियो। लामो समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका राईमा आफ्नै कम्युनिष्ट इतिहासप्रति गर्व देखिएन, बरु निर्णयप्रति पश्चाताप भएको जस्तो संकेत देखिएको टिप्पणी गरिन्छ। राजेन्द्र श्रेष्ठहरू नेकपामा एकीकृत भएको दिन नै अशोक राईले ‘पहिचानवाद’को नाममा राजेन्द्र महतो नेतृत्वको, राष्ट्रिय राजनीतिक चिन्तन कमजोर रहेको आरोप लाग्दै आएको मध...

मार्क्सवाद र समाजवाद : सिद्धान्तदेखि व्यवहारसम्म

Image
  मंसिर २८, बेलुका ७:०० बजे (नेकपा नेता निरंजन साहसँग सङ्घीय खबरद्वारा लिइएको विस्तृत अन्तरवार्ता) प्रश्न १ : मार्क्सवाद के हो ? यसलाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ ? साह : मार्क्सवाद कुनै जड सिद्धान्त होइन, यो समाज बुझ्ने र बदल्ने वैज्ञानिक विधि हो। कार्ल मार्क्सले समाजको इतिहास वर्गसंघर्षको इतिहास हो भनेका छन्। उत्पादन सम्बन्ध, स्वामित्वको स्वरूप र शक्ति सम्बन्धले नै समाजको संरचना निर्धारण गर्छ। मार्क्सवादले शोषणको जरो कहाँ छ भनेर देखाउँछ र त्यसको अन्त्यका लागि मार्गचित्र दिन्छ। प्रश्न २ : समाजवाद र मार्क्सवादबीचको मुख्य अन्तर के हो ? साह : मार्क्सवाद सिद्धान्त हो, समाजवाद त्यसको व्यवहारिक–राजनीतिक अभिव्यक्ति हो। सरल शब्दमा भन्नुपर्दा, मार्क्सवादले ‘किन र कसरी’ भन्ने प्रश्नको उत्तर दिन्छ भने समाजवादले ‘अब के गर्ने’ भन्ने बाटो देखाउँछ। समाजवाद उत्पादनका साधनमा सामूहिक स्वामित्व, सामाजिक न्याय र समान अवसरको व्यवस्था हो। प्रश्न ३ : नेपालजस्तो समाजमा मार्क्सवाद कति सान्दर्भिक छ ? साह : अत्यन्त सान्दर्भिक छ। नेपालमा अझै पनि वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय असमानता विद्यमान छ। सीमित...

राजनीतिक परिवर्तनको सूत्र– संघीयता र समाजवाद : श्रेष्ठको टिप्पणी”

Image
  🕛२०८२ मंसिर २० गते,७:२३:४५ जनकपुरधाम — नेपाली कम्युनिष्ट पार्टीद्वारा मधेश प्रदेशमा आयोजित “प्रदेश–स्तरीय एकता सन्देश सभा” मा पार्टीका प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठले समकालीन राजनीतिक परिदृश्य, पार्टी एकता र सामाजिक रुपान्तरणको आवश्यकतामाथि जोड दिए। सभालाई सम्बोधन गर्दै उनले नेपालमा भएका राजनीतिक परिवर्तनहरूलाई जातीय समानता र सामाजिक न्यायका दृष्टिकोणबाट विश्लेषण गर्दै भने, “जातीय मुक्तिका लागि संघीयता ऐतिहासिक उपलब्धि हो, तर वर्गीय मुक्तिका लागि समाज परिवर्तन अनिवार्य छ। परिवर्तन आधा–अधुरो भएर हुँदैन।” श्रेष्ठले मधेश, पहाड र हिमालबीचको सामाजिक–आर्थिक असमानता अन्त्य गर्न सशक्त स्थानीय सरकार, समावेशी नीतिहरू र उत्पादनमुखी आर्थिक मोडेल आवश्यक रहेको बताए। देशका विविध वर्ग, समुदाय र पहिचानहरूको सम्मान गर्दै उनले “राजनीतिक एकता भन्दा ठूलो कुरा सामाजिक उद्देश्यको एकता हो” भन्दै पार्टीभित्र चलिरहेको एकताको पहललाई परिणाममुखी ढङ्गले अघि बढाउन आग्रह गरे। कार्यक्रममा सहभागी कार्यकर्ता तथा समर्थकहरूलाई सम्बोधन गर्दै उनले हिंस्रक राजनीतिक भाषाभन्दा संवाद, संगठनात्मक विस्तार र नीति...