समयको माग बुझ्न नसक्दा अशोक राई राजनीतिक रूपमा एक्लिँदै

 १५ पौष,🕛११:१२:३२

काठमाडौं ।कुनै पनि राजनीतिक नेतृत्वले समय, परिस्थिति र जनभावनालाई बुझेर निर्णय गर्न सक्नुपर्दछ। यही सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) का तत्कालीन संघीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संघीयता, सुशासन, पहिचान र अधिकार, प्रत्यक्ष निर्वाचित कार्यकारी तथा पूर्ण समानुपातिक संसद् जस्ता मुद्दामा नेपाली कांग्रेस र नेकपा (एमाले) भन्दा प्रगतिशील एजेन्डा बोकेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा ध्रुवीकरण हुनुपर्ने निष्कर्षसहित एकीकरणको बाटो रोजे।


राजनीतिक विश्लेषकहरूका अनुसार राजेन्द्र श्रेष्ठको यो निर्णय वैचारिक स्पष्टता र समयसापेक्ष राजनीतिक दृष्टिकोणबाट प्रेरित थियो। तर, सोही समय जसपाका अध्यक्ष अशोक राईको निर्णय भने त्यसको ठीक उल्टो देखियो। लामो समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका राईमा आफ्नै कम्युनिष्ट इतिहासप्रति गर्व देखिएन, बरु निर्णयप्रति पश्चाताप भएको जस्तो संकेत देखिएको टिप्पणी गरिन्छ।


राजेन्द्र श्रेष्ठहरू नेकपामा एकीकृत भएको दिन नै अशोक राईले ‘पहिचानवाद’को नाममा राजेन्द्र महतो नेतृत्वको, राष्ट्रिय राजनीतिक चिन्तन कमजोर रहेको आरोप लाग्दै आएको मधेसकेन्द्रित क्षेत्रीय दलसँग एकल चुनाव चिह्नमा निर्वाचन लड्ने र भविष्यमा पार्टी एकता गर्ने घोषणा गरे। उक्त निर्णयलाई राजनीतिक वृत्तमा अवसरवाद र दिशाहीनताको उदाहरणका रूपमा लिइयो।


त्यसपछि अशोक राई पदबिनाको राजनीति कल्पना गर्न नसक्ने भनेर आलोचित नेताहरू—रेणु यादव, प्रदीप यादव, इस्तियाक राई लगायतसँग मिलेर पार्टी सञ्चालन गर्ने प्रयासमा लागे। यस क्रममा पार्टी क्रमशः अति साम्प्रदायिक र जातिवादी समूहहरूको प्रभावमा फस्दै गएको आरोप पनि लाग्दै आयो।


तर, पछिल्लो समय चुनाव नजिकिँदै गर्दा स्थिति झन् जटिल बन्दै गएको छ। सहअध्यक्षसहितका  नेताहरूले जसपा नेपाल रोजेपछि अशोक राई  राजनीतिक रूपमा अलपत्र परेको अवस्था देखिएको छ। अशोक राइ संगै  एमाले छाडेका लामो सहकार्य पछि जसपा राजनीतिक समिति सदस्य एवं आदिवासी/जनजाति महासंघ पूर्व महासचिव  आङकाजी शेर्पा पनि जनता समाजवादी पार्टीबाट राजीनामा गरेका छ।बाँकी रहेका नेताहरू पनि एमालेतिर जाने सम्भावना बढ्दो छ।


आफूलाई ‘पहिचानवादी’ भनेर चिनाउन रुचाउने अशोक राई अब कुन राजनीतिक बाटो रोज्लान् भन्ने प्रश्न उठिरहेको छ। राजनीतिक समीक्षकहरूका अनुसार, समयमै सही निर्णय लिन नसक्दा अशोक राईको राजनीतिक भविष्य गम्भीर संकटमा परेको छ, र हाल उनको अवस्था साँच्चिकै ‘हरिविजोग’ जस्तै देखिएको छ।

अशोक राइले नेपाली कमुनिस्ट पार्टी संग एकता गरेर पहिचान, अधिकार, संघीयता र सुशासनका मुद्दालाई संस्थागत रूपमा अघि बढाउदै ,आन्दोलन र नेतृत्वलाई पुनः सही दिशामा अघि बढाउन सक्ने आधार प्रदान गर्दथ्यो तर त्यस्तो गर्नुभएन ।

Comments

Popular posts from this blog

जसपा नेपालभित्र भुँइचालो, उपत्यकामा नेकपाको जनलहर ।

जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ। अध्यक्ष श्रेष्ठ