जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ। अध्यक्ष श्रेष्ठ
⌚२०८२ भाद्र २८,९:५:५१ काठमाडौं: जनता समाजवादी पार्टीका सङ्घीय अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले भन्नुभयो - जेन-जी आन्दोलनको मर्म, भावना र जनादेशअनुरूप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र सङ्क्रमण कालमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रतिनिधिसभाको अन्तिम बैठक बसाएर संविधान संशोधन गरी मात्र प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठन गर्नु पर्थ्यो । तर संविधान संशोधन नगरीकनै प्रतिनिधिसभा विघटन भएकाले अब पहिलाकै शासकीय स्वरूप अर्थात् संसदबाट नै प्रधानमन्त्री निर्वाचित हुने भो । जेन-जी आन्दोलनको जनादेशविपरीत पुरानै संरचना र शासकीय स्वरूपले निरन्तरता पाएकाले प्रत्यक्ष लोकतन्त्रको माध्यमबाट देशमा शान्ति, स्थीरता, सुशासन र समृद्धिका लागि अगाडि बढ्ने जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ । अर्को महत्त्वपूर्ण कुरा 'नेपालको संविधानबमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्न आवश्यक भएकाले' नवनियुक्त प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ । अब प्रतिनिधिसभा विघटनका लाग...