Posts

Showing posts from March, 2026

प्रधानमन्त्रीलाई प्रदेशको अधिकार कार्यान्वयन र सङ्घीय ऐन निर्माणमा शिघ्रता ल्याउन शुभकामना !

Image
  काठमाडौं: नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रभावशाली नेता एवं पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले २०६४ सालको संविधान सभा निर्वाचन पछिको राजनीतिक अवस्थाबारे स्पष्ट पार्दै तत्कालीन नेकपा (माओवादी) लाई बहुमत नभएको कारण अपेक्षित काम गर्न नसकेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले माओवादीले कुल ६०१ सदस्यीय संविधानसभामा २२९ सिट (३८.१ प्रतिशत) मात्र जितेको स्मरण गराएका छन्। उनका अनुसार, प्रत्यक्षतर्फ १२०, समानुपातिकतर्फ १०० र मनोनित ९ सिट सहितको उक्त सङ्ख्या स्पष्ट बहुमत नभएकाले एकल रूपमा निर्णय कार्यान्वयन सम्भव नभएको थियो। उनले नेपाली काङ्ग्रेस र नेकपा (एमाले) संघीय संरचनाप्रति असहमत रहेका कारण संविधान निर्माणमा अवरोध उत्पन्न भएको दाबी गरेका छन्। सोही कारण सर्वोच्च अदालतले तोकेको समयसीमाभित्र संविधान निर्माण हुन नसकी अन्ततः संविधानसभा विघटन भएको उनको भनाइ छ। श्रेष्ठले वर्तमान सन्दर्भमा पनि संघीय निजामति ऐन, संघीय शिक्षा ऐन, विशेष क्षेत्र स्वायत्तता तथा संरक्षित क्षेत्रसम्बन्धी ऐनहरू बन्न नसक्नुमा काङ्ग्रेस र एमालेकै पुरानो मानसिकता जिम्मेवार रहेक...

देशभरि सुकुम्बासी बस्ती हटाउने र फुटपाथ व्यवसायीमाथि भइरहेको कारबाहीप्रति कडा आलोचना गरे साह

Image
  काठमाडौं: नेकपा केन्द्रीय सदस्य निरंजन कुमार साह ले पछिल्लो समय देशभरि सुकुम्बासी बस्ती हटाउने र फुटपाथ व्यवसायीमाथि भइरहेको कारबाहीप्रति कडा आलोचना गरेका छन्। उनले एक वक्तव्य जारी गर्दै शहरी विकास मन्त्रालय र स्थानीय तहहरूले “विकास” को नाममा गरिरहेको कार्यप्रति गम्भीर आपत्ति जनाएका छन्। उनका अनुसार विकासको अर्थ केवल शहरलाई चम्किलो बनाउने वा सडक खाली गराउने होइन, बरु जनताको आधारभूत जीवन सुनिश्चित गर्नु हो। साहले विशेष गरी काठमाडौं लगायतका शहरी क्षेत्रमा सुकुम्बासीहरूलाई विकल्पबिना हटाइएको भन्दै सरकारको नीतिमाथि प्रश्न उठाएका छन्। “पहिले बसोबासको व्यवस्था, रोजगारीको सुनिश्चितता र सामाजिक सुरक्षा दिनुपर्छ, त्यसपछि मात्र हटाउने कुरा आउँछ,” उनले भनेका छन्। उनको भनाइमा, फुटपाथमा सानो व्यवसाय गरेर जीवन धानिरहेका श्रमजीवी वर्गलाई हटाउनु सामाजिक न्यायको विपरीत हो। “राज्यले रोजगारी दिन नसकेको अवस्थामा, मानिसहरूले आफैं रोजेको जीविकोपार्जनको माध्यम खोस्नु अन्याय हो,” उनले उल्लेख गरेका छन्। साहले सरकारलाई तत्काल पुनर्वास योजना ल्याउन, सुकुम्बासीहरूको पहिचान र व्यवस्थापन गर्न तथा वैकल्पिक व्य...

सुशासनको नारामा प्रश्न: राजेन्द्र प्रसाद श्रेष्ठको आलोचना

Image
 • राजेन्द्र प्रसाद श्रेष्ठ ले राष्ट्रिय स्वतन्त्र पार्टी को सुशासनको दाबीमाथि प्रश्न उठाए। • फौजदारी अभियुक्त, कालोसूचीमा परेका तथा विवादित व्यक्तिलाई सांसद बनाउने प्रयास भएको आरोप लगाए। • यस्ता कदमले भ्रष्टाचारमुक्त नेपाल बनाउने नाराको विश्वसनीयता कमजोर हुने उनले बताए। काठमाडौं : नेकपा प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी को सुशासन र भ्रष्टाचारमुक्त नेपालको नारामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले समाजिक सञ्जालमा सार्वजनिक अभिव्यक्ति मार्फत पार्टीले बोलेको सिद्धान्त र व्यवहारबीच ठूलो अन्तर देखिएको टिप्पणी गरेका छन्। श्रेष्ठका अनुसार सुशासनको कुरा गर्ने पार्टीले नै फौजदारी मुद्दामा अभियुक्त रहेकाहरूलाई माननीय बनाउने, कालोसूचीमा परेकालाई सांसद बनाउने प्रयास गर्ने तथा विवादित पृष्ठभूमि भएका व्यक्तिलाई उम्मेदवार बनाउने जस्ता काम गरेको आरोप लगाएका छन्। उनले यस्ता गतिविधिले सुशासनको दाबीलाई कमजोर बनाउने बताएका छन्। उनले अदालतमा समेत दबाब सिर्जना गरेर विवादित व्यक्तिहरूलाई संसदीय जिम्मेवारी दिलाउन खोजिएको आरोप लगाउँदै यसले राजनीतिक नैतिकता र विधिको शासनमा...

समानुपातिक निर्वाचन प्रणालीमा सिट वितरण : नेपालको अभ्यास

Image
  राजेन्द्र प्रसाद श्रेष्ठ  काठमाडौं: नेपालको निर्वाचन प्रणालीमा समानुपातिक प्रतिनिधित्व महत्वपूर्ण पक्षको रूपमा रहेको छ। यस प्रणालीले मतदाताले दिएको मतलाई संसदमा प्रतिनिधित्वमा रूपान्तरण गर्ने काम गर्दछ। राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने भएकाले यसलाई लोकतान्त्रिक प्रतिनिधित्वलाई समावेशी बनाउने प्रभावकारी माध्यम मानिन्छ। विश्वका विभिन्न देशहरूमा मतलाई सिटमा परिणत गर्ने विविध विधिहरू प्रयोगमा रहेका छन्। तीमध्ये मुख्य रूपमा दुई प्रकारका प्रणालीहरू प्रचलित छन्—उच्च औसत प्रणाली र अधिक शेष प्रणाली। उच्च औसत प्रणाली उच्च औसत प्रणाली (Highest Average Method) भनेको राजनीतिक दलहरूले प्राप्त गरेको मतलाई विभिन्न सङ्ख्याले भाग गरी प्राप्त हुने भागफलको आधारमा सिट निर्धारण गर्ने विधि हो। यसलाई भाजक प्रणाली पनि भनिन्छ। यस प्रणालीमा दलहरूले प्राप्त गरेको मतलाई निश्चित भाजकहरूले भाग गरी प्राप्त भएका भागफलहरूलाई ठूलोबाट सानो क्रममा मिलाइन्छ र उपलब्ध सिटहरू क्रमशः बाँडफाँट गरिन्छ। यस प्रणालीअन्तर्गत मुख्यतः दुई विधि प्रचलित छन्—दे ओण्ट (d’Hondt) प्रणाली र साँ–लाग (Sai...