सुशासनको नारामा प्रश्न: राजेन्द्र प्रसाद श्रेष्ठको आलोचना

 • राजेन्द्र प्रसाद श्रेष्ठ ले राष्ट्रिय स्वतन्त्र पार्टी को सुशासनको दाबीमाथि प्रश्न उठाए।

• फौजदारी अभियुक्त, कालोसूचीमा परेका तथा विवादित व्यक्तिलाई सांसद बनाउने प्रयास भएको आरोप लगाए।

• यस्ता कदमले भ्रष्टाचारमुक्त नेपाल बनाउने नाराको विश्वसनीयता कमजोर हुने उनले बताए।


काठमाडौं : नेकपा प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी को सुशासन र भ्रष्टाचारमुक्त नेपालको नारामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले समाजिक सञ्जालमा सार्वजनिक अभिव्यक्ति मार्फत पार्टीले बोलेको सिद्धान्त र व्यवहारबीच ठूलो अन्तर देखिएको टिप्पणी गरेका छन्।


श्रेष्ठका अनुसार सुशासनको कुरा गर्ने पार्टीले नै फौजदारी मुद्दामा अभियुक्त रहेकाहरूलाई माननीय बनाउने, कालोसूचीमा परेकालाई सांसद बनाउने प्रयास गर्ने तथा विवादित पृष्ठभूमि भएका व्यक्तिलाई उम्मेदवार बनाउने जस्ता काम गरेको आरोप लगाएका छन्। उनले यस्ता गतिविधिले सुशासनको दाबीलाई कमजोर बनाउने बताएका छन्।


उनले अदालतमा समेत दबाब सिर्जना गरेर विवादित व्यक्तिहरूलाई संसदीय जिम्मेवारी दिलाउन खोजिएको आरोप लगाउँदै यसले राजनीतिक नैतिकता र विधिको शासनमाथि प्रश्न उठाउने बताएका छन्। श्रेष्ठले भ्रष्टाचारमुक्त नेपाल बनाउने नारालाई व्यवहारमा प्रमाणित गर्न दलहरूले पारदर्शिता र नैतिकता देखाउनुपर्ने धारणा व्यक्त गर्नु भएको छ।

Comments

Popular posts from this blog

जसपा नेपालभित्र भुँइचालो, उपत्यकामा नेकपाको जनलहर ।

समयको माग बुझ्न नसक्दा अशोक राई राजनीतिक रूपमा एक्लिँदै

जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ। अध्यक्ष श्रेष्ठ