देशभरि सुकुम्बासी बस्ती हटाउने र फुटपाथ व्यवसायीमाथि भइरहेको कारबाहीप्रति कडा आलोचना गरे साह
काठमाडौं: नेकपा केन्द्रीय सदस्य निरंजन कुमार साह ले पछिल्लो समय देशभरि सुकुम्बासी बस्ती हटाउने र फुटपाथ व्यवसायीमाथि भइरहेको कारबाहीप्रति कडा आलोचना गरेका छन्।
उनले एक वक्तव्य जारी गर्दै शहरी विकास मन्त्रालय र स्थानीय तहहरूले “विकास” को नाममा गरिरहेको कार्यप्रति गम्भीर आपत्ति जनाएका छन्। उनका अनुसार विकासको अर्थ केवल शहरलाई चम्किलो बनाउने वा सडक खाली गराउने होइन, बरु जनताको आधारभूत जीवन सुनिश्चित गर्नु हो।
साहले विशेष गरी काठमाडौं लगायतका शहरी क्षेत्रमा सुकुम्बासीहरूलाई विकल्पबिना हटाइएको भन्दै सरकारको नीतिमाथि प्रश्न उठाएका छन्। “पहिले बसोबासको व्यवस्था, रोजगारीको सुनिश्चितता र सामाजिक सुरक्षा दिनुपर्छ, त्यसपछि मात्र हटाउने कुरा आउँछ,” उनले भनेका छन्।
उनको भनाइमा, फुटपाथमा सानो व्यवसाय गरेर जीवन धानिरहेका श्रमजीवी वर्गलाई हटाउनु सामाजिक न्यायको विपरीत हो। “राज्यले रोजगारी दिन नसकेको अवस्थामा, मानिसहरूले आफैं रोजेको जीविकोपार्जनको माध्यम खोस्नु अन्याय हो,” उनले उल्लेख गरेका छन्।
साहले सरकारलाई तत्काल पुनर्वास योजना ल्याउन, सुकुम्बासीहरूको पहिचान र व्यवस्थापन गर्न तथा वैकल्पिक व्यापारिक स्थान उपलब्ध गराउन आग्रह गरेका छन्। उनले चेतावनी दिँदै भनेका छन् कि यदि जनजीविकासँग जोडिएका मुद्दालाई बेवास्ता गरियो भने यसले सामाजिक असन्तोष बढाउनेछ।
अन्त्यमा, उनले विकासलाई मानवीय संवेदनशीलतासँग जोड्नुपर्नेमा जोड दिँदै राज्यले “सुन्दरीकरण मात्र होइन, समावेशी र न्यायपूर्ण विकास” को मार्ग अवलम्बन गर्नुपर्ने बता
एका छन्।

_page-0001.jpg)
Comments
Post a Comment