राजनीतिक परिवर्तनको सूत्र– संघीयता र समाजवाद : श्रेष्ठको टिप्पणी”

 🕛२०८२ मंसिर २० गते,७:२३:४५


जनकपुरधाम — नेपाली कम्युनिष्ट पार्टीद्वारा मधेश प्रदेशमा आयोजित “प्रदेश–स्तरीय एकता सन्देश सभा” मा पार्टीका प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठले समकालीन राजनीतिक परिदृश्य, पार्टी एकता र सामाजिक रुपान्तरणको आवश्यकतामाथि जोड दिए।


सभालाई सम्बोधन गर्दै उनले नेपालमा भएका राजनीतिक परिवर्तनहरूलाई जातीय समानता र सामाजिक न्यायका दृष्टिकोणबाट विश्लेषण गर्दै भने,

“जातीय मुक्तिका लागि संघीयता ऐतिहासिक उपलब्धि हो, तर वर्गीय मुक्तिका लागि समाज परिवर्तन अनिवार्य छ। परिवर्तन आधा–अधुरो भएर हुँदैन।”


श्रेष्ठले मधेश, पहाड र हिमालबीचको सामाजिक–आर्थिक असमानता अन्त्य गर्न सशक्त स्थानीय सरकार, समावेशी नीतिहरू र उत्पादनमुखी आर्थिक मोडेल आवश्यक रहेको बताए। देशका विविध वर्ग, समुदाय र पहिचानहरूको सम्मान गर्दै उनले “राजनीतिक एकता भन्दा ठूलो कुरा सामाजिक उद्देश्यको एकता हो” भन्दै पार्टीभित्र चलिरहेको एकताको पहललाई परिणाममुखी ढङ्गले अघि बढाउन आग्रह गरे।


कार्यक्रममा सहभागी कार्यकर्ता तथा समर्थकहरूलाई सम्बोधन गर्दै उनले हिंस्रक राजनीतिक भाषाभन्दा संवाद, संगठनात्मक विस्तार र नीति–आधारित अभियानमार्फत जनतासँगको सम्बन्ध अझ मजबुत बनाउनु अभियानको केन्द्रबिन्दु हुनुपर्ने बताए।


सभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल पूर्व मन्त्रीहरु नारायणकाजी श्रेष्ठ , राजेन्द्र पाण्डे, मन्त्रीका यादव महेन्द्र यादव केन्द्र प्रदेशका प्रभावशाली नेताहरु र मधेश प्रदेशका विभिन्न स्थानीय तहका प्रतिनिधि, पार्टी संरचनाका नेता–कार्यकर्ता तथा सामाजिक क्षेत्रका सरोकारवाला सहभागी थिए।

Comments

Popular posts from this blog

जसपा नेपालभित्र भुँइचालो, उपत्यकामा नेकपाको जनलहर ।

समयको माग बुझ्न नसक्दा अशोक राई राजनीतिक रूपमा एक्लिँदै

जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ। अध्यक्ष श्रेष्ठ