जसपा नेपाल उपाध्यक्ष विद्युत् बज्राचार्य नेतृत्वको टोली नेकपामा प्रवेश

 🕛 २०८२ माघ ३, ५:४०:४२

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य नेतृत्वको टोलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा स्वागत गरिएको छ। नेकपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बज्राचार्यसहित विभिन्न तहका नेता तथा कार्यकर्ताहरू औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्।


कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहसंयोजक माधवकुमार नेपाल शीर्ष नेता राजेन्द्र प्रसाद श्रेष्ठ नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई खादा र माला लगाएर स्वागत गर्दै पार्टीको नीति, विचार र कार्यक्रमअनुसार अघि बढ्न आग्रह गरेका थिए। उनीहरूले वैचारिक स्पष्टता, संगठन सुदृढीकरण र जनमुखी राजनीतिको आवश्यकतामा जोड दिएका थिए।


नवप्रवेशी नेता विद्युत् बज्राचार्यले पार्टी प्रवेशपछि दिएको संक्षिप्त मन्तव्यमा सामाजिक न्याय, सुशासन र राष्ट्रिय हितका विषयमा नेकपाको राजनीतिक धारणा आफूहरूको सोचसँग मेल खाने भएकाले पार्टी प्रवेशको निर्णय गरिएको बताए। उनले प्रगतिशील शक्तिहरूबीच एकता आवश्यक रहेको पनि उल्लेख गरे।


कार्यक्रममा नेकपाका नेताहरूले पछिल्लो समय विभिन्न राजनीतिक धाराबाट विचार मिल्ने नेता–कार्यकर्ताहरू नेकपामा समाहित हुँदै गएको बताएका थिए। उनीहरूका अनुसार यसले पार्टीलाई संगठनात्मक रूपमा थप बलियो बनाउने अपेक्षा गरिएको छ।


उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Comments

Popular posts from this blog

जसपा नेपालभित्र भुँइचालो, उपत्यकामा नेकपाको जनलहर ।

समयको माग बुझ्न नसक्दा अशोक राई राजनीतिक रूपमा एक्लिँदै

जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ। अध्यक्ष श्रेष्ठ