जसपा अध्यक्ष श्रेष्ठद्वारा सभ्य संवादको आग्रह

 मंसिर ७ गते,🕛७:३४:५६

काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) का संघीय अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सामाजिक सञ्जालमार्फत हाल बढिरहेको गाली–गलौजयुक्त तथा हिंस्रक अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेका छन्। व्यक्तिगत स्वतन्त्रता प्रत्येक व्यक्तिको आत्मनिर्णयको मूल अधिकार भएको उल्लेख गर्दै उनले स्वस्थ आलोचना र सुझावलाई आफू सधैँ खुलेर स्वागत गर्ने बताएका छन्।

तर पछिल्ला दिनहरूमा सार्वजनिक बहसलाई विस्थापित गर्दै अपमानजनक शब्द प्रयोग र व्यक्तिगत चरित्रहत्या गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै अध्यक्ष श्रेष्ठले त्यसलाई लोकतान्त्रिक संस्कृतिका लागि हानिकारक भएको टिप्पणी गरेका छन्।

“विचारमा असहमति स्वाभाविक हो, तर मर्यादित भाषा र सभ्य संवाद बिना राजनीतिक मूल्य–मान्यता कमजोर बन्ने खतरा हुन्छ,” श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।


उनले सबै पक्षलाई तथ्यमा आधारित, सम्मानजनक र सकारात्मक संवादतर्फ उन्मुख हुन आग्रह गरेका छन्।

Comments

Popular posts from this blog

जसपा नेपालभित्र भुँइचालो, उपत्यकामा नेकपाको जनलहर ।

समयको माग बुझ्न नसक्दा अशोक राई राजनीतिक रूपमा एक्लिँदै

जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ। अध्यक्ष श्रेष्ठ