देशको वर्तमान संकट समाधानमा ‘सङ्घीय समाजवाद’ वैकल्पिक मोडेल : अध्यक्ष श्रेष्ठ

मंसिर २गते  🕛४:४५:२३

 काठमाडौं । देश राजनीतिक अस्थिरता, आर्थिक संकट र प्रशासनिक अव्यवस्थाले जकडिएको समयमै जनता समाजवादी पार्टी (जसपा) का संघीय अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गर्दै आएको ‘सङ्घीय समाजवाद’ अवधारणा समाधानको वैकल्पिक दिशाका रूपमा फेरि चर्चामा आएको छ।


हाल लगातार सरकार परिवर्तन, दलहरूको गुटबन्दी र केन्द्रमा अत्यधिक शक्ति–केन्द्रित व्यवस्थाका कारण शासन सञ्चालन कमजोर बन्दा जनजीवन प्रभावित बनेको छ। यसै सन्दर्भमा श्रेष्ठले सत्ता, स्रोत र निर्णय अधिकारलाई जनतामै केन्द्रित गर्ने संरचना नै दीर्घकालीन स्थिरताको आधार हुने तर्क दोहोर्याउँदै आएका छन्।


आर्थिक मोर्चामा आयात–निर्भरता, बेरोजगारी र उत्पादनमा गिरावटले देश कमजोर बन्दै गएको अवस्थामा सङ्घीय समाजवादले स्थानीय उत्पादन, सहकारी–उद्योग विस्तार र प्रदेशगत आर्थिक सुदृढीकरण लाई प्रमुख नीति मान्छ। यसले रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।


त्यसैगरी जातीय, भौगोलिक र आर्थिक असमानता गहिरिँदै गएको पृष्ठभूमिमा यो अवधारणाले समावेशी प्रतिनिधित्व, समान पहुँच र सामाजिक न्यायलाई मूल आधार बनाएको छ। स्थानीय शासनलाई सशक्त बनाउँदै सेवाको पहुँच जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउने यस मोडेलले भ्रष्टाचार नियन्त्रण र प्रशासनिक कार्यक्षमता वृद्धि हुने दाबी गरिएको छ।


श्रेष्ठका अनुसार “नेपालको विविधता र स्थानीय आवश्यकतामा आधारित शासन प्रणाली नै स्थायी शान्ति, विकास र राष्ट्रिय एकताको मार्ग” हो। उनकाे भनाइमा अहिलेको संकट समाधानका लागि केन्द्रभन्दा भू–तहमा शक्तिशाली शासन अपरिहार्य बन्दै गएको छ।


विशेषज्ञहरूका अनुसार देशले सामना गरिरहेको राजनीतिक–आर्थिक अनिश्चितता मिटाउन सङ्घीय समाजवादले प्रस्तुत गर्ने संरचनात्मक सुधारहरू आगामी राजनीतिक बहसको केन्द्र बन्ने संकेत देखिएको छ।

Comments

Popular posts from this blog

जसपा नेपालभित्र भुँइचालो, उपत्यकामा नेकपाको जनलहर ।

समयको माग बुझ्न नसक्दा अशोक राई राजनीतिक रूपमा एक्लिँदै

जेन-जी आन्दोलनको जनादेशमाथि कुठाराघात भएको छ। अध्यक्ष श्रेष्ठ